15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो 




कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो 

 

काठमाडौं, १५ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएसँगै मृत्यु हुनेको संख्या बढेको बताए । 

उनका अनुसार बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा आऐसीयूमा उपचारको क्रममा मोरङ सुनवसी ८ का  ४५ वर्षका पुरुषको मृत्यु भएको छ ।

उनलाई ज्वरो र श्वाससप्रश्वासको समस्या देखिएपछि विराटनगरको कोभिड अस्पतालमा भर्ना भएकोमा थप उपचारका बीपी कोइरालाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनी भारत आउजाउ गर्दै आएको व्यक्ति रहेको पनि प्रवक्ता गौतमले बताए । 

उनको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा मृत्यु भएको हो । ती पुरुषलाई साउन १४ गते मृत्यु भएको थियो भने सोही दिन कोरोना पुष्टि भएको थियो । 

त्यसैगरी पर्साका ७० वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषलाई मुटु र मधुमेहको समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।

यसैगरी पर्साकै ६८ वर्षका कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको नेशनल मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको मन्त्रालयले पुष्टि भएको छ ।  ती पुरुषको मृगौलाका बिरामी थिए ।  
 



Related News


यसमा तपाइको मत


Comments