14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पहिरोमा परी नावालकसहित एकै परिवारका चार जनाको मृत्यु




पहिरोमा परी नावालकसहित एकै परिवारका चार जनाको मृत्यु


गुल्मी, १७ साउन । शुक्रबार राति परेको अविरल वर्षासँग आएको पहिरोमा परी गुल्मीमा नावालकसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा स्थानीय राजु माझीको घर माथिबाट ठूलो चट्टान सहितको पहिरोले पुरेको हो । 
उनीहरु चारै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 मृत्यु हुनेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बिना बोटेमाझी, उनका दशबर्षका छोरा हेमन्त बोटेमाझी, वर्ष ७ का सागर बोटेमाझी र दश महिनाकी छोरी बिनिता बोटे माझी रहेको प्रहरीले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments