14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिन्धुपाल्चोक पहिरोमा थप ११ जनाको शव फेला, २० जना अझै बेपत्ता(अपडेट)




सिन्धुपाल्चोक पहिरोमा थप ११ जनाको शव फेला, २० जना अझै बेपत्ता(अपडेट)


काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ मा पहिरोमा बेपत्तामध्ये थप ११ जनाको शव फेला परेको छ । पहिरोमा अझै २० जना बेपत्ता छन् । 

शनिबार राति बस्तीमाथिको घट्टे खोला खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् ।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन् । पहिरोमा बेपत्ता २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ । 



Related News


यसमा तपाइको मत


Comments