14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिन्धुपाल्चोक पहिरोः मृतकको संख्या १३ पुग्यो, अन्यको खोजी जारी(अपडेट)




सिन्धुपाल्चोक पहिरोः मृतकको संख्या १३ पुग्यो, अन्यको खोजी जारी(अपडेट)

काठमाडौं, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ भिरखर्क र नाकुचेमा पहिरोमा पुरिएर हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ । 
सोमबार बिहान थप दुई जनाको शव भेटिएको हो । योसँगै मृतकको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार बिहान भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको शव फेला परेको हो। उनीहरूको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ । 

योसँगै सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन्।
आइतबार मृत्यु हुनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक र ८ वर्षीय सन्देश विक छन्।

त्यस्तै, ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीय हिरामाया नेवार, ९८ वर्षीय ल्याक्सी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती विक र २५ वर्षीय करण बहादुर श्रेष्ठ छन्।
पहिरोमा परेका ६ जनाको भने आइतबार जीवितै उद्धार गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी जारी राखेको छ ।



Related News


यसमा तपाइको मत


Comments