14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमानबाट १ सय ७४ नेपाली स्वदेश फर्किए




ओमानबाट १ सय ७४ नेपाली स्वदेश फर्किए

काठमाडौं , ३० भदौ । ओमानबाट मंगलबार ४१ महिलासहित १ सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् । मस्कटस्थित नेपाली राजदूतावास ओमानका अनुसार कोभिड–१९ का कारण समस्यामा परेका १३३ पुरूष तथा ४१ महिलागरि १ सय ७४ जना नेपाल फर्किएका हुन् । छैटौँ उडान मार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको पनि दूतावासले जनाएको छ । विमानस्थलमा नेपाली राजदूतावास मस्कटकी महामहिम राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् । 

हेर्नुहोस् विज्ञप्ति

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरको OV-427 को छैटौँ चार्टर उडानमार्फत् ओमानबाट १७४ जना नेपालीहरू (१३३ पुरूष तथा ४१ महिला) आज नेपाल फर्किएका छन्। आज छैटौँ उडान मार्फत नेपाल फर्कनुभएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पि सि आर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको थियो।

विमानस्थलमा नेपाली राजदूतावास मस्कटकी महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो।यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासमा द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री दिनेश ढकाल, सहचारी श्री अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा महामहिम राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो।


श्री नेपाली राजदूतावास
मस्कट, ओमान।
२०७७ भाद्र ३० गते, मङ्गलबार।

 



Related News


यसमा तपाइको मत


Comments