14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दार्चुलाका प्रहरी नायब निरीक्षक होटलमा मृत भेटिए




दार्चुलाका प्रहरी नायब निरीक्षक होटलमा मृत भेटिए


काठमाडौं, ९ असोज । दार्चुलामा एक प्रहरी नायब निरीक्षक होटलमा मृत भेटिएका छन् । 
शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका–४ बंगाबगडको एक होटलमा कैलाली टिकापुरका अन्दाजी ३५–४० वर्षीय सई धुर्व रावल मृत भेटिएका हुन् । 
इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। अचेत अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेका थिए । 

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमबहादुर विष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो। 



Related News


यसमा तपाइको मत


Comments