14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पाल्पा फोक्सिङकोट पहिरोमा बेपत्ता पाँचमध्ये दुई जनाको शव भेटियो 




पाल्पा फोक्सिङकोट पहिरोमा बेपत्ता पाँचमध्ये दुई जनाको शव भेटियो 


पाल्पा, ९ असोज । पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा बिहीबार गएको पहिरोमा परी बेपत्ता ५ जनामध्ये दुई जनाको शव भेटिएको छ ।
शुक्रबार १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया खुमिसरा आलेको शव भेटिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।
पहिरोमा ६३ वर्षीय हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, ७ वर्षीया नातिनी लक्ष्मी गाहा अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागिपरेका छन् । पहिरोमा २७ वर्षीया मोतीसरा गाहाको पनि ज्यान गएको थियो । गर्भवती रहेकी गाहाको शब बिहीबार नै भेटिएको थियो ।
 



Related News


यसमा तपाइको मत


Comments