27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियामा अलपत्र भेटिएका नेपालीको मृत्यु




मलेसियामा अलपत्र भेटिएका नेपालीको मृत्यु

काठमाडौं, ३ कात्तिक । मलेसियामा सडकमा अलपत्र भेटिएका एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अनुसार झापाको दमक ठेगाना भएका रोहन राईको मृत्यु भएको हो।  शुक्रबार दिउँसो सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्या थियो ।  साथै उनको शरीरका विभिन्न भागमा घाउ समेत थिए। उनलाई एनआरएनए मलेसियाले उद्धार गरी नेपाली दूतावासको सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो। तर उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको दूतावासले जनाएको छ। 
उनको कुनै कागजात नहुँदा ठूलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि प्रक्रिया मिलाउँदै गर्दा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।
 



Related News


यसमा तपाइको मत


Comments