15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कञ्चनपुरमा तीन जनाको शव भेटियो




कञ्चनपुरमा तीन जनाको शव भेटियो

काठमाडौं, १५ कात्तिक । कञ्चनपुरमा एक युवतीसहित तीन जनाको शव भेटिएको छ । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । आज बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।
त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटे पनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो। 



Related News


यसमा तपाइको मत


Comments