15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कंलकीमा रोकिराखेको ट्रकमा कुखुरा बोक्ने गाडी ठाेक्किँदा तीन जनाको मृत्यु, १ जना घाइते




कंलकीमा रोकिराखेको ट्रकमा कुखुरा बोक्ने गाडी ठाेक्किँदा तीन जनाको मृत्यु, १ जना घाइते

काठमाडौं, २७ कात्तिक । काठमाडौं कंलकीमा रोकिराखेको ट्रकमा कुखुरा बोक्ने गाडी ठाेक्किदा तीन जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प अगाडि  बिहीबार बिहान पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किएको हो । दुर्घटनामा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । दुर्घटनामा घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् ।  घाइते ४ जनालाई कलंकीस्थित सहिद अस्पताल लगिएको थियो । तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । 
मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेका छन् । 
यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 



Related News


यसमा तपाइको मत


Comments