15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गोली हानी युवतीको हत्या 




 गोली हानी युवतीको हत्या 


रौतहट, २७ कात्तिक । रौतहटमा गोली हानी एक युवतीको हत्या भएको छ। बुधबारराति गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।
मृतक महिलाकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्।
अमृताको कन्चटमा एउटा गोली लागेको जिल्ला प्रहरी कार्यालय रौतहटल जनाएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ। अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्। गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्। 



Related News


यसमा तपाइको मत


Comments