14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मागपत्र प्रमाणीकरण शुरूवात नगरेको भन्दै ध्यानाकर्षण 




मागपत्र प्रमाणीकरण शुरूवात नगरेको भन्दै ध्यानाकर्षण 

काठमाडौं, ८ मंसिर । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेपनि हालसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाली दूतावासमा पेश भएका मागपत्र प्रमाणीकरण नहुँदा नेपाल कै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेका र केही कम्पनीहरुको नामसहित ‘कतार सिण्डिकेट’ चर्चा भएकोमा एसोसिएसनका गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘एसोसिएसनले अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भवितव्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानूनी प्रावधान नभएकोले ठगीमा पर्ने अधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्नेछ । यदि कहीँ कतै त्यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाहिएमा त्यस्ता संस्थाहरु एसोसिएसनको सदस्य रहन सक्दैन । एसोसिएसनले यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानविन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।


 



Related News


यसमा तपाइको मत


Comments