14 Magh, 2077 / 27 January , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

त्रिशूलीमा जीप खस्दा आमाछोरीसहित तीन जना बेपत्ता




त्रिशूलीमा जीप खस्दा आमाछोरीसहित तीन जना बेपत्ता

काठमाडौं, ११ मंसिर । प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित तीन जना बेपत्ता भएका छन् । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको हो ।
जीपका चालक सूर्य केसी, यात्रु प्युठानको झिमरुक गाउँपालिका–पाँच खहरेकी जमुना रोका र उनकी एघार वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता भएका छन् । जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने उद्दार गरिएको छ ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउदै गर्दा दुर्घटनामा परेका हुन् । बेपताको खोजीमा गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ । 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti