14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो




रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं, १३ मंसिर । रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते एक जनाको पनि मृत्यु भएको हो ।  योसँगै मृतकको संख्या ५ पुगेको छ।
घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो । 
पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा हुन्। आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो। अप्ठेरो बाटो आएपछि युवा उमेरका जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको हो।  जीपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 



Related News


यसमा तपाइको मत


Comments