14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया शुरु




कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया शुरु

काठमाडौं, १३ मंसिर । कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया शुरु भएको छ। कोरोनाका कारण बन्द भएको झण्डै ९ महिनापछि त्यहाँस्थित नेपाली दूतावासले मागपत्र प्रमाणिकरण शुरु गरेसँगै नयाँ श्रमिक भर्ती गर्ने बाटो खुल्ला भएको हो।
दूतावासले मागपत्र प्रमाणिकरण गर्न शुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
कोरोना संक्रमणका कारण गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया बन्द भएको थियो। दूतावासले समेत माग प्रत्र प्रमाणिकरण गर्न छाडेपछि कतारबाट कामदारको माग आउन सकेको थिएन।
त्यहाँस्थित कम्पनीले नेपाली श्रमिक माग गर्दा दूतावासमा सबै जानकारीसहित निवेदन दिनुपर्छ। दूतावासले कम्पनीको अवस्था, श्रमिकका लागि आधारभूत व्यवस्था लगायतको अनुगमन गरेर मागपत्र स्वीकृत गर्ने नगर्ने निर्णय गर्छ। दूतावासको अनुमतिपछि मात्रै श्रमिक भर्ना गर्नका लागि वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिन्छ। विभागबाट स्वीकृति लिएपछि म्यानपावर कम्पनीले कामदार भर्तीको प्रक्रिया सुरु गर्न पाउँछन्। अब म्यानपावर कम्पनीले कतारबाट श्रमिकको माग ल्याएर नयाँ श्रमिक पठाउन पाउनेछन्। यसअघि वैदेशिक रोजगारी खुल्ला भएपनि नयाँ श्रमिक कतार जान पाएका थिएनन्। बिदामा आएका श्रमिक मात्रै कतार फर्किएका छन् । 



Related News


यसमा तपाइको मत


Comments