14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एनआरएनए कतारले नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने 




एनआरएनए कतारले नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने 


काठमाडौं, ५ माघ । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद आगामी जनवरी २२ देखि २८ तारिखसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए । निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।

उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४स्०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन उनले बताए ।

माथि उल्लेखित मिति, स्थान र समयमा उपस्थित भैइ निस्शुल्क स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन समेत कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय सबैमा अनुरोध गरिएको छ । संघले यसघि पनि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।



Related News


यसमा तपाइको मत


Comments