14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य(सूचनासहित)




कतारबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य(सूचनासहित)

काठमाडौं, ११ फागुन । कतारस्थित नेपाली दूतावासले संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जनाएको छ ।  कतारस्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै नेपालबाट नयाँ कामदार माग गर्ने कतारका रोजगारदाता कम्पनीले नेपालका रिक्रुटमेन्ट एजेन्सी (म्यानपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क प्रदान गर्ने प्रतिबद्धता अनिवार्यरुपमा जनाउनु पर्ने उल्लेख गरेको छ । 
करिब एक हप्तापछि आगामी मार्च १ देखि दूतावासले मागपत्र प्रमाणीकरण गर्दा उक्त नयाँ नियम लागू गर्ने जनाएको छ । दूतावासले सेवा शुल्क सम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क(Service Charge) अनिवार्य गरिएको सम्बन्धी सूचना

नेपालवाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क (Service Charge) अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था मार्च १, २०२१ देखि लागू गरिने छ । उक्त सेवा शुल्क सम्वन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

……………………

नेपाली राजदूतावास, दोहा ।

२०७७/११/१०



Related News


यसमा तपाइको मत


Comments