14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियामा समस्यामा परे अनलाइनबाटै समस्या र गुनासो टिपाउन सकिने




मलेसियामा समस्यामा परे अनलाइनबाटै समस्या र गुनासो टिपाउन सकिने

काठमाडौं, १३ फागुन । मलेसियामा कुनै समस्यामा परेमा अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने भएको छ । 
श्रमिकले आफ्ना समस्या दूतावासको वेबसाइटबाटै राख्न मिल्ने व्यवस्था गरिएको छ । गुनासो या आफ्नो समस्या राख्न दूतावासको वेबसाइट  https://my.nepalembassy.gov.np मा जाने र त्यहाँ ‘श्रमिक जानकारी’मा क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ ।

श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाताको परिचय लगायत सामान्य जानकारी राखिसकेपछि आफ्नो समस्या राखेर पेश गर्न सकिन्छ । यति गरेपछि दूतावासले तपाईंका समस्या समाधानको लागि तपाईंसँग सम्पर्क गर्नेछ । त्यसैले सम्पर्क नम्बर वा इमेल आईडी सही राख्नुपर्ने हुन्छ ।

यस्तै इमेल आईडी labor.eonkl@mofa.gov.np र eonkualalumpur@mofa.gov.np मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ । योबाहेक दूतावासकाे फोन नम्बर ०३-२०२०१८९८ र ०३-२०२०१८९९ र ०३-२०२०१९०१ र हटलाइन नम्बर ०१६ २४७२७७७ मा फाेन गरेर पनि आफ्ना गुनासा टिपाउन सकिन्छ ।



Related News


यसमा तपाइको मत


Comments