14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दुर्घटना हुँदा विद्यार्थीको मृत्यु    




दुर्घटना हुँदा विद्यार्थीको मृत्यु    

काठमाडौं, १९ फागुन । ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।     
     
 ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् । गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 
 



Related News


यसमा तपाइको मत


Comments