14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियामा नेपालीसहित २ सय बढी गैरकानूनी श्रमिक पक्राउ




मलेसियामा नेपालीसहित २ सय बढी गैरकानूनी श्रमिक पक्राउ


काठमाडौं, २३ फागुन । मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिक पक्राउ परेका छन् । अध्यागमन विभागले  त्यहाँको पुडु अपार्टमेन्टमा छापा उनीहरु पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका नागरिक छन् । पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले उल्लेख गरेको छ । 

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानुनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष बीचका रहेको विभागले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments