14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनाङमा ट्रक मस्र्याङ्दी नदीमा खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु




मनाङमा ट्रक मस्र्याङ्दी नदीमा खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु

काठमाडौं, ८ चैत । मनाङको नासों गाउँपालिका–४ खोत्रोमा ट्रक दुर्घटना हुँदा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ । 
शनिबार अपरान्ह चार बजेतिर भएको दुर्घटनामा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ। सिमेन्ट बोकेर लमजुङको बेसीशहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो।

अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर ट्रक मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 
मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत गरी आठ जना यात्रु थिए । उनीहरूमध्ये ६ जनाको मृत्यु भएको हो।


मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । यस्तै तीन वर्षीय बालक निहल गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ।

यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको छ।

तीन जनाको मनाङ अस्पतालमा, दुईजनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा र एकजनाको पुराना मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 
घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र नासों गाउँपालिका–४ का अन्दाजी ७ वर्षका थिउन गुरुङ रहेका छन्। उनीहरुको उपचार भइरहेको छ।



Related News


यसमा तपाइको मत


Comments