15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा कोरोना संक्रमण बढेपछि ३३ बुँदे निर्देशन जारी, नेपालीलाई सचेत रहन आग्रह(विज्ञप्तिसहित)




कतारमा कोरोना संक्रमण बढेपछि ३३ बुँदे निर्देशन जारी, नेपालीलाई सचेत रहन आग्रह(विज्ञप्तिसहित)

काठमाडौं, १२ चैत ।  कतारले कोरोना भाइरसको जोखमपूर्ण मानिएको दोस्रो लहरलाई नियन्त्रण गर्न मार्च २६ शुक्रबारदेखि लागू हुने गरी ३३ बुँदे निर्देशन जारी गरेको छ । 
कतारले सार्वजनिक पार्क, समुद्री किनारा, कर्निसलगायत सार्वजनिक स्थलहरु बन्द गरी त्यस प्रकारका स्थानहरुमा एकै परिवारका दुई जना भन्दा बढीलाई प्रवेश नदिइने बताएको छ ।

व्यापारिक मलमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको भन्दै कतारले १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई मल तथा पार्कहरुमा जान बन्देज लगाउँदै यसअघि झैं घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘एथराज एप’ मोवाइलमा अपलोड गर्न भनेको छ ।

त्यस्तै सवारी साधनमा चालक  बाहेक ३ जना भन्दा बढी यात्रुले यात्रा गर्न नपाइने निर्देशन दिँदै सवारी साधन वा पैदल बाहिर निस्किँदा मास्क अनिवार्य गरेको छ ।  कतारस्थित नेपाली दूतावासले पनि संक्रमण नियन्त्रणका लागि कतार सरकारले जारी गर्ने निर्देशनहरुको पूर्ण पालना गर्न र कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न नेपाली समुदायमा आग्रह गरेको छ ।

 हेर्नुहोस् विज्ञप्ति



Related News


यसमा तपाइको मत


Comments