14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालसहित चार देशका नागरिकलाई यूएई प्रवेशमा रोक




नेपालसहित चार देशका नागरिकलाई यूएई प्रवेशमा रोक

काठमाडौं, २७ वैशाख । यूएईले नेपालीसहित चार देशका नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् ।

नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् । 

यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने  यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।



Related News


यसमा तपाइको मत


Comments