14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भिजन एण्ड भ्यालु ओभरसिजद्वारा सहोदर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग




भिजन एण्ड भ्यालु ओभरसिजद्वारा सहोदर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

लमजुङ,२१ जेठ । प्रतिष्ठित बैदेशिक रोजगार संस्था भिजन एण्ड भ्यालु ओभरसिज प्रालिले लमजुङको राइनास नगरपालिका–७, गरमबेंसीस्थित सहोदर सामुदायिक अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रालिका संचालक पदमराज पौडेलले सहयोग सामग्री अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् । उनले २ थान अक्सिजन कन्सन्टेटरसहित पीपीई, ग्लोव, स्यानीटाइजर लगायत सहयोग गरेका हुन् । स्वास्थ्य सामग्रीलाई भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पौडेलले अस्पतालका सञ्चालक डा.शिवराम श्रीमललाई हस्तान्तरण गरेका थिए । अस्पताललाई १ लाख ६९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए । पौडेलले अहिलेको कोभिड महामारीसंग जुध्न सबैको सामुहिक प्रयासमा प्रतिबद्धता जनाएको बताए । उनले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार यस क्षेत्रका विरामीको उपचारमा सहयोग पुगोस भनी स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।  अस्पतालका सञ्चालक डा.श्रीमलले कोरोना संक्रमण जोखिमका बेला सहयोग हस्तान्तरण गरेकोमा भिजन एण्ड भ्यालु ओभरसिजलाई धन्यावाद ज्ञापन गरे । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा शान्ति पाण्डे, सन्तोष भुर्तेल, जनार्दन पाण्डे इन्दिरा शर्मा लगायतको उपस्थिति थियो ।
हरेक विपत्तिमा सहयोगी बनेको भिजन एण्ड भ्यालुले यसअघि कोभिड १९ का कारण भएको रगत अभावलाई मध्यनजर राखेर रक्तदान कार्यक्रम गरेको थियो । गतवर्ष पनि कोभिड महामारीकैबीचमा रक्तदान कार्यक्रम गरेको पौडेलले बताए । उनका अनुसार गतबर्ष विभिन्न अस्पताललाई कोभिड रोकथाम र उपचार सहजताका लागि पिपिई सेट, ग्लोब, माक्सलगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो ।



Related News


यसमा तपाइको मत


Comments