14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फिलिपिन्सले नेपालसहित १० एसियाली देशमाथि लगाएको प्रतिबन्ध हटायो 




फिलिपिन्सले नेपालसहित १० एसियाली देशमाथि लगाएको प्रतिबन्ध हटायो 

काठमाडौं, २० भदौ । फिलिपिन्सले नेपालसहित १० एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । सोमबारदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो । तर, अहिले अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ।
 



Related News


यसमा तपाइको मत


Comments