14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एनआरएनए सदस्य संख्या ५ लाख पुर्‍याउने कुल आचार्यको घोषणा




 एनआरएनए सदस्य संख्या ५ लाख पुर्‍याउने कुल आचार्यको घोषणा

काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफु निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पुराउने योजना सार्वजनिक गरेका छन् । संघमा हाल सदस्य संख्या १ लाख बढी रहेको छ। आचार्यले  थप मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशील गराएर सदस्य संख्या पाँच गुणा बढाउने बताए । संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने उनको भनाइ छ । हालसम्म ८४ देशमा एनआरएनए पुगेता पनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।
आचार्यले तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै  राहदानी सहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताए।  उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताए ।
संघका सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रही सकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने  घोषणा पनि गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरुको विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताए । 
गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई  नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु  संचालन गरिने पनि बताए   ।

गैरआवासीय नेपाली खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उनको योजना छ । आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए ।



Related News


यसमा तपाइको मत


Comments