14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता




त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

चितवन, ८ असोज । पृथ्वी राजमार्गको मुग्लिननजिक त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताए । कारसँगै बेपत्ता हुनेमा चालक कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेको डीएसपी थापाले जानकारी दिए ।



Related News


यसमा तपाइको मत


Comments