15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कपनको ढलमा खसेका बालकको शव फेला




कपनको ढलमा खसेका बालकको शव फेला


काठमाडौं, १० असोज । कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ । कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार ललितपुर महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा एक बालकको शव फेला परेको छ ।

सोही शव कपनमा ढलका खसेका उज्वल विकको भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । चिन्न मुश्किल हुने अवस्थामा रहेको शवमा कपन मावि लेखेको सर्ट रहेको प्रहरीले जनाएको छ । उज्वल विक कपन माविमा पढ्ने विद्यार्थी भएकाले प्रहरीले शव उनैको हुनसक्ने बताएको छ । 



Related News


यसमा तपाइको मत


Comments