15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारले अवैध कामदारलाई आममाफी दिने 




कतारले अवैध कामदारलाई आममाफी दिने 

काठमाडौं, २१ असोज । कतार सरकारले अवैध कामदारलाई आममाफी दिने भएको छ । आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका लगायतका गैरकानुनी हैसियतका कामदारलाई बिना कैद र बिना जरिवाना सहितको आममाफी दिन लागिएको हो । 
कतारको आन्तरिक मन्त्रालयका अनुसार सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकेको छ ।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर नाम दर्ता गराउनु पर्नेछ ।

२०१५ को कानून नं ​​२१ को प्रावधान अनुसार आप्रवासीको निवास तथा प्रवेश र गमन को नियम अन्तर्गत प्रक्रिया सुरु गरिएको आन्तरिक मन्त्रालयले बताएको छ ।



Related News


यसमा तपाइको मत


Comments