14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतार फर्कदै हुनुहुन्छ ? के के चाहिन्छ कागजपत्र ? 




 कतार फर्कदै हुनुहुन्छ ? के के चाहिन्छ कागजपत्र ? 


काठमाडौं, २४ असोज ।  कतारको स्वास्थ्य मन्त्रालयले यहि अक्टोबर ६ तारिक देखि यात्रा नीति केहि परिमार्जन गरेको छ । देशको कोरोना संक्रमणको अवस्था हेरेर वर्गीकरण गरेको हरियो, पहेँलो र रातो सूची मध्ये पहेँले वर्ग हटाइ असाधारण रातो सूची थप गरेको छ । असाधारण रातो सूचीमा बढी जोखिम रहेको नेपालसहित भारत, बंगलादेश लगायतका रहेका छन् । 
नेपालबाट कतार फर्कन के के चाहिन्छ ? 
१. श्रम स्वीकृति
२. कतार र्फन अघि ७२ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर रिपोर्ट
३.दुई दिनको होटेल बुकिङ गरिएको प्रमाण र कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रत्र
४.नयाँ यात्रुले एस्तेराजको वेभसाइटमा गै खोप लगाएको प्रमाणपत्र, पिसिआर रिपोर्ट, होटलेल बुकिङ लगायतको कागजात कतार आउन अघि तीन दिनभित्र रिजस्टर गर्नुपर्ने । पुरानो यात्रुलाई आवश्यक नपर्ने तर गर्दा राम्रो हुने । 
५. सबै यात्रुले स्वास्थ्य मन्त्रालयको वेभसाइडमा रहेको प्रतिवद्धता फारम भरेर साथमै राख्नुपर्ने ।
६. कतार बाहिर स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगायको भए ३० दिनभित्र गरिएको सेरोलदोजी एन्टीबडी परीक्षणको प्रमाणपत्र चाहिने। 
कतारको स्वास्थ्य मन्त्रालये मान्यता दिएको कुनै खोपको दुवै डोज कतारमै वा अन्य देशमा लगाइसकेको १२ वर्षभन्दा माथिका यात्रुले कतार फर्किएपछि दुई दिनको होटल क्वारेन्टाइन बस्नेपर्ने । १२ वर्ष मुनिका यात्रु पनि खोप लगाइसकेको अभिभावसँग दुई दिनमै क्वारेन्टाइन बस्नुपर्नेछ । 



Related News


यसमा तपाइको मत


Comments