15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायल रोजगारीः गोलाप्रथाबाट छानियो ११७५ नेपाली कामदार(नामसहित)




इजरायल रोजगारीः गोलाप्रथाबाट छानियो ११७५ नेपाली कामदार(नामसहित)


काठमाडौं, २६ असोज । इजरायलले केयरगिभरको लागि नेपालबाट लैजाने कामदारहरुको गोलाप्रथाबाट छनोट गरेको छ । नेपालबाट विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन कार्यक्रमका भर्चुअल रुपमा नेपाली अधिकारीहरुको समेत सहभागिता रहेको थियो । 

वैदेशिक रोजगार विभागले छनौटमा परेका व्यक्तिहरुले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्छ । यस प्रक्रियामा फेल भए छनौट भए पनि इजरायल जान पाइदैन । यो पटक इजरायल रोजगारको लागि जिटुजि प्रक्रिया अपनाइएको छ । जसबाट कुनै बिचौलियाले इजरायल रोजगारमा खेलेर आर्थिक फाइदा लिन नसक्ने वैदेशिक रोजगार वभागको दावी छ । 



Related News


यसमा तपाइको मत


Comments