14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कार दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु




कार दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु

रौतहट, २८ कात्तिक । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरु सबै भारतिय नागरिक हुन् । 
गएराति ९ बजेर ५५ मिनेट जाँदा गौर चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाई गाउँपालिका– ४ झुनखुन्वाचोक नजिक युके १२ सी २९०० कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
तीव्र गतिको कार सडक छेउको गहिरो पोखरीमा खस्दा पानीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 
ज्यान गुमाउने चारैजना २५ः३० वर्षका युवा छन्। 
कारमा चारजना मात्रै सबार रहेको खुलेको छ। शव पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ। उनीहरु नेपालबाट भारततर्फ जाँदै गर्दा दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 
 



Related News


यसमा तपाइको मत


Comments