16 Mangshir, 2078 / 2 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मुस्ताङ थासाङमा हिमपहिरो




मुस्ताङ थासाङमा हिमपहिरो

काठमाडौं, २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका – २ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बताइन् । 
पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिएको उनले जानकारी दिइन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।


 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti