14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मंसिर १५ देखि सर्वसाधारणलाई  ई–पासपोर्ट 




मंसिर १५ देखि सर्वसाधारणलाई  ई–पासपोर्ट 

काठमाडौं, २ मंसिर । राहदानी विभागले सर्वसाधारणका लागि विद्युतीय राहदानी ई पासपोर्ट मंसिर १५ गतेदेखि वितरण गर्ने भएको छ ।  बुधबार सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विभागले ई–पासपोर्ट सार्वजनिक गरेका थिए । 

विभागका अनुसार नयाँ सार्वजनिक गरिएको राहदानी ३४ र ६६ पृष्ठको हुनेछ। जसकारण अब यात्रा गर्नेहरूले पेज सकिएर राहदानी  धाइरहनुपर्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ।

सुरक्षाका लागि यसमा इलेक्ट्रोनिक चिप्स राखिएको छ। जसलाई जाँच गर्न आफूसँग २ ओटा ८ मिटरका पूर्ण अटोमेटिक मेसिन रहेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।
केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ। यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा विद्युतीय पासपोर्ट पनि ६  रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ।

मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ। त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्। व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको विभागले जनाएको छ।
 



Related News


यसमा तपाइको मत


Comments