14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायल रोजगारीः छनोट भएकाहरूलाई खोपको व्यवस्था




इजरायल रोजगारीः छनोट भएकाहरूलाई खोपको व्यवस्था

काठमाडौं, १४ मंसिर ।  रोजगारीका लागि इजरायल जान छनोट भएकाहरूले काठमाडौंका विभिन्न ५ अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् ।
वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट  भएका र कोरोना विरुद्धको खोप लगाउन बाँकी उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ । 



Related News


यसमा तपाइको मत


Comments