14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीका नाममा २ करोड ३६ लाख ठगी




वैदेशिक रोजगारीका नाममा २ करोड ३६ लाख ठगी

काठमाडौं, २० असार ।  वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधामा यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको अभियोगमा ८ जनाविरूद्ध मुद्दा दायर गरेको छ । 
कमल बिकका नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा एक्टिभ ईम्ल्पाई सर्भिस प्रा.लि र दि रोयल गोर्खा ओभरसिज प्रा.लि. नाममा दुईवटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८  लाख ३५ हजार रूपैयाँ ठगी गरेकोे भन्दै विभागले पक्राउ परेका सुरज गजुरेलसहित ८ जनाविरूद्ध मुद्दा दायर गरिएको हो । 

विभागले एक्टिभ ईम्ल्पाई सर्भिस प्रा।लि।को नामबाट कान्छा थिङसमेत ३ जनाबाट १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रा।लि।को नामबाट केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठगी गरेको दाबी गरेको छ । 

उनिहरुबाट २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको छ  । 

दुवै कम्पनीका सञ्चालक कमल बिक भने पक्राउ परेका छैनन् ।
 



Related News


यसमा तपाइको मत


Comments