14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रामेछाप बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो(अपडेट)




रामेछाप बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो(अपडेट)

काठमाडौं, २१ असार ।  रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना भएको थियो ।  कारण नखुले पनि ुब्रेक फेलु भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।



Related News


यसमा तपाइको मत


Comments