15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला 




एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला 

काठमाडौं, ८ साउन । झापा कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । 
पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । 
 



Related News


यसमा तपाइको मत


Comments