14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पहिरोले पुरिएर अछाममा एकै परिवारका ३ जनाको मृत्यु




पहिरोले पुरिएर अछाममा एकै परिवारका ३ जनाको मृत्यु

अछाम, ९ साउन । अछाममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा २५ वर्षीय वीरेन्द्र  विष्ट,१५ वर्षीय संविधान विष्ट र ४५ वर्षीया हरिकला विष्ट रहेका छन्।  पहिरोमा पुरिएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर पाँच बाख्रा पनि मरेका छन्।



Related News


यसमा तपाइको मत


Comments