12 Ashwin, 2079 / 28 September , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स




एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौं, ३१ साउन । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकले १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको देखिएको हो। 

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ। 

अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो। 

समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो। 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti