14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा जाने दोब्बरले वृद्धि, श्रम स्वीकृति लिनेमा दक्ष श्रमिक बढी




वैदेशिक रोजगारीमा जाने दोब्बरले वृद्धि, श्रम स्वीकृति लिनेमा दक्ष श्रमिक बढी

काठमाडौं, ५ असोज । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने गएको आर्थिक वर्ष २०७८÷७९ को भदौ महिनामा भने जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । 
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा नयाँ, म्यानपावरमार्फत र पुनः श्रम स्वीकृति गरी ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला गरी ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या चालु आर्थिक वर्षको साउन महिनाको भन्दा पनि बढी हो । साउन महिनामा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमा ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए । साउन महिनामा भन्दा भदौ महिनामा १३ हजार ३६४ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 
भदौ महिनामा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक रहेका छन् । अघिल्ला वर्षहरूमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्यता रहँदै आएकोमा यो आर्थिक वर्षदेखि भने यो तथ्याङ्क फेरिन थालेको छ ।

भदौ महिनामा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको सङ्ख्या २५ हजार ८३ रहेको छ । अर्धदक्ष श्रमिकको सङ्ख्या ६ हजार ९२ छ भने १४६ जना व्यवसायीक र १३ जना उच्च सीप भएकाहरू रहेको विभागले जनाएको छ ।

गएको साउन महिनामा पनि श्रम स्वीकृति लिनेमा दक्ष श्रमिककै सङ्ख्या सबैभन्दा बढी रहेको थियो । साउन महिनामा ३८ हजार ७७ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिँदा अदक्ष श्रमिकको सङ्ख्या २० हजार ६७२ रहेको थियो । 
 



Related News


यसमा तपाइको मत


Comments