19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला




विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला

काठमाडौं,१६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। 

संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा आउँदो फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।

संस्थाले सर्वसाधारणका लागि भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

सर्वसाधारणले भने फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom