27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, ३० वैशाख । काठमाडौं टोखामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । शनिबार राति टोखा नगरपालिका ८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको हो। उनीहरूबीच झगडा भएको थियो।
शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ। कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो।