15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मुगु हत्या प्रकरणः भिसा नपठाएको निहुँमा चार जनाको हत्या




मुगु हत्या प्रकरणः भिसा नपठाएको निहुँमा चार जनाको हत्या

काठमाडौं,२४ कात्तिक । वैदेशिक रोजगारीका लागि कतारबाट भिसा नपठाएको निहुँमा मुगुमा एउटै परिवारका चार जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दशैं टीकाको भोलिपल्ट छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने श्रीदेवी बोहोरा, छोराछोरी ११ वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया अप्सरा बोहोरा र पाँच महीनाको रहर बोहोराको हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहोरालाई पक्राउ गरेको हो। 

मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा कतारमा राम्रो कम्पनीमा रहेका थिए। गोपालले भिसा पठाउन आग्रह गर्दा दीपकले नपठाएको निहुँमा परिवारका सदस्यहरूको हत्या गरेको प्रहरीले भनाइ छ।

कात्तिक २४ गते आरोपीद्वयलाई सार्वजनिक गर्दै नेपाल प्रहरीले भनेको छ, ‘गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई दुई वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन आग्रह गरेको, तर दीपकले सो कुरा अस्वीकार गरेकाले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ।’

प्रहरीका अनुसार गोर्खराज कात्तिक २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशी टोल र गोपाल कात्तिक २४ गते आफ्नै घरबाट पक्राउ परेका हुन्। हत्यापछि लुटपाट समेत भएको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ, ‘गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको साढे दुई तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल लुटेर भागेको खुल्न आएको छ।’
https://www.himalkhabar.com/news/138828
 



Related News


यसमा तपाइको मत


Comments