20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

‘वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिनू’




‘वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिनू’

काठमाडौं, २४ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिन निर्देशन दिएका छन्। श्रम मन्त्रालयले श्रमिकलाई थप आर्थिक भार पर्नेगरि व्यवस्था ल्याउन लागेको भन्दै आलोचना भइरहँदा प्रचण्डले थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने भनेका हुन्।

सिंहदरबारमा आज मन्त्रालयगत छलफल अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

यस्तै, उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू निःशुल्क रूपमा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट उपलब्ध गराउनेबारे अध्ययन गर्न पनि निर्देशन दिएका छन्।

‘श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्नुहोला। हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला। आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला,’ प्रचण्डले भने।
 



Related News


यसमा तपाइको मत


Comments