20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एक वर्षमा विदेशिए १६ लाख नेपाली विदेशिए




एक वर्षमा विदेशिए १६ लाख नेपाली  विदेशिए

काठमाडौं, २४ पुस । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका छन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ सर्नेमा ७० हजार ९१५ जना स्थायी बसोबासका लागि र ९२ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेशिएको विभागको तथ्यांक छ ।

त्यस्तै, अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, घुम्नका लागि २ लाख ४ हजार ५१८ जना, रोजगारीका लागि ८ लाख ८ हजार ४१५ जना विदेशिएका छन् । व्यवसाय गर्ने उद्देश्यले १८ हजार ९६४ जना, कन्फरेन्स/सेमिनार/ट्रेनिङमा सहभागी हुनका लागि २४ हजार २६३ जना, स्वास्थ्य उपचारका लागि १९ हजार ५०९ जना, अफिसियल भिसामा १६ हजार १११ जना, रोजगारी पर्मिटमा ८ हजार ८६ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना, युएन मिसनमा ६ हजार ५८ जना, खेल्नका लागि ३ हजार ६५३ जना, कन्सर्ट/साँस्कृतिक कार्यक्रम/इभेन्टका लागि १९ सय ६४ जना र अन्य प्रयोजनका लागि ३२ हजार ३५९ जना नेपाली एक वर्षमा विदेशिएका छन् ।

विदेशिएका मध्ये ३२ जना मात्रै स्वदेश फर्किएको विभागको तथ्यांक छ । सन् २०२३ मा विश्वका २२२ वटा देश र राज्यमा नेपाली पुगेका छन् । सन् २०२३ मा युएईमा मात्रै २ लाख ७१ हजार ८८ नेपाली पुगेका छन् ।

त्यसैगरी, भारतमा १ लाख ८० हजार ६०२ जना, कतारमा १ लाख ७९ हजार ४४१ जना, मलेसियामा १ लाख ६५ हजार २०१ जना, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलियामा १ लाख ५ हजार ३४३ जना, जापानमा ८२ हजार ७७२ जना, अमेरिकामा ६७ हजार ८१० जना र बेलायतमा ५३ हजार ४०१ जना पुगेका छन् । त्यसबाहेक विश्वका २ सयभन्दा बढी देश र राज्यमा १ जनादेखि ५० हजार जनासम्म पुगेको विभागको तथ्यांक छ ।



Related News


यसमा तपाइको मत


Comments