20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर




नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर

काठमाडौं, २६ पुस । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ ।

सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ भन्ने आधारमा विश्वका विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले सूचीकृत गर्ने गरेको छ ।
हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परहेको हो । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ ।

हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट लिने गरेको छ । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले १९४ देश तथा क्षेत्रमा प्रिभिसा बिनानै प्रवेश गर्न पाउँछन् । नेपालभन्दा बलियो श्रीलंकाको पासपोर्टले ४३ र बंगलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ ।

८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ । ६२औँ स्थानमा रहेको चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ । अमेरिकाको पासपोर्ट सातौँ स्थानमा छ । यसले १८८ देशमा अग्रिम भिसाबिना नै प्रवेश गर्न सकिन्छ ।



Related News


यसमा तपाइको मत


Comments