20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा रेमिट्यान्स आप्रवाह बढ्यो, वैदेशिक रोजगारीमा जाने घटे(पूर्णपाठ)




नेपालमा रेमिट्यान्स आप्रवाह बढ्यो, वैदेशिक रोजगारीमा जाने घटे(पूर्णपाठ)

काठमाडौं, २६ पुस । चालू आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स आप्रवाह मासिक १ खर्बभन्दा माथि रहेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

मंसिर महिनामा १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको विवरणमा उल्लेख छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तसम्म पुग्दा ६ खर्ब नाघेको छ ।

मंसिरसम्मको रेमिट्यान्स गत वर्षको समीक्षा अवधिको तुलनामा २७.६ प्रतिशत बढी रहेको छ । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको तुलनामा घटेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्, गत वर्ष २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।



Related News


यसमा तपाइको मत


Comments