15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मोटरसाइकल चोरीको घटना बढेः एकान्तमा पार्किङ नगर्न प्रहरीको आग्रह




मोटरसाइकल चोरीको घटना बढेः एकान्तमा पार्किङ नगर्न प्रहरीको आग्रह

काठमाडौं, २८ माघ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन् ।

मोटरसाइकल चोरीको घटना बढेका कारण सुरक्षित स्थानमा मात्रै सवारी साधन पार्किङ गर्न उनले आग्रह गरेका छन् ।

हराएका मोटरसाइकल फेला पारी हस्तान्तरणको क्रममा बोल्दै एसएसपी भट्टले ह्वील लक, चेनलक, ह्याण्डि लक, डिस्कलक सहित सुरक्षा साइरन जडान नगर्दा पनि मोटरसाइकल चोरीको घटना बढेको उनले बताए ।

उनका अनुसार ६ महिनाको अवधिमा हराएका २५२ मोटरसाइकल फेला पारी कार्यालयले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार शुक्रबारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् ।

यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२ सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
 




यसमा तपाइको मत


Comments