21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन




रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

काठमाडौं, १३ फागुन ।  रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले  काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।

यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको बताए । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताए ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् ।
 



Related News


यसमा तपाइको मत


Comments